Logo

ॐ अर्थात ओम ध्वनीको महत्व



हिन्दु धर्म ग्रन्थमा ॐ अर्थात ओमलाई एक मात्र मन्त्र मानिएको छ । प्रत्येक मन्त्रको अगाडी यस मन्त्रको प्रयोग गरिन्छ । तन्त्र योगमा एकाक्षर मन्त्रको पनि विशेष महत्व रहेको छ । देवनागरी लिपिका प्रत्येक शब्दमा अनुस्वार लगाएर मन्त्रको स्वरुप दिइएको हो ।

१. तपस्वी तथा ध्यानमा गहिरो अवस्थामा सुन्निने कुनै एक ध्वनी हो, जो लगातार सुनि रहन सकिन्छ । यस ध्वनी जारी रहदाँ मनलाई निकै आनन्दित बनाउँछ । मन र आत्मा नै शान्ती हुन्छ, त्यसलाई नाम दिइएको छ ध्वनी ।

२. प्रिय वा अप्रिय शब्दलाई ध्वनीबाट श्रोता वा वक्ता दुवैको हर्ष, विषाद, क्रोध, घृणा, भय तथा कामेच्छा आवेगको महसुस गर्दछन् । अप्रिय शब्दले निक्लने ध्वनीबाट मस्तिष्कमा उत्पन्न काम, क्रोध, मोह, भय लोभ आदीको भावनाबाट मुटुको धड्कन हुन्छ जसले रगतमा ‘टाक्सिक’ पदार्थ उत्पन्न हुन्छ । यसैगरी प्रिय शब्दले ध्वनि मस्तिष्क, ह्दय र रगतमा अमृत जस्तै लाभदायी रसायनको वर्षा गराउँछ ।

३. ध्वनि एक यस्तो प्रतिक हो, यो कसैको सहयोगले उत्पन्न नभई आफै हुन्छ र यो ब्रह्माण्डसहित मानिस भित्र निरन्तर रहन्छ ।

४. ॐ ध्वनि तीन ध्वनिबाट बनेको हुन्छ । अ, उ, म यी तीन ध्वनिको अर्थ उपनिषदमा पनि हुन्छ । भुःलोक, भुवःलोक र स्वर्ग लोकको प्रतिक हुन् । ॐ लाई ओम भनिन्छ । यो मन्त्रको प्रारम्भ हुन्छ अन्त्य हुदैँन् । यो नै ब्रह्मान्डको नाफारहित ध्वनि हो ।

५. साधारण मानिसले यो ध्वनिलाई सुन्न सक्दैन, तर जसले उच्चारण गर्दछ उसको आसपासमा सकारात्मक ऊर्जाको विकास हुन्छ । ध्वनि सुन्नलाई पुर्णत मौन र ध्यानमा बस्नु जरुरी हुन्छ । जसले ध्वनिलाई सुन्छ ती व्यक्ति परआत्मासँग सिधै जोडिन्छन् । परआत्मासँग सिधै जोडिने एकैमात्र तरिका हो ॐ को उच्चारण ।

६. शिव पुराण अनुसार ध्वनि र बिन्दुको मिलनबाट ब्रह्माण्डको उत्पत्ति भएको हो । नाद अर्थात ध्वनि र बिन्दु अर्थात प्रकाश । सम्पुर्ण ब्रह्मान्ड र कम्पन नै ध्वनिको उपस्थिति हो ।

७. ओम ध्वनिले सम्पुर्ण ब्रह्मान्डलाई नष्ट गर्ने क्षमता राख्छ । यो ध्वनिले सानो भन्दा सानो र ठुलो भन्दा ठुलो हुनेको क्षमता राख्छ ।

८. सबै ज्योतिलिंगीमा स्वत ओमको उच्चारण भइरहन्छ । कैलाश पर्वत वा मानसरोवर क्षेत्रमा एक आवाज निरन्तर सुन्निरहन्छ । ध्यान दिएर सुनेमा यो आवाज ‘डमरु’ वा ‘ॐ ’ को ध्वनि जस्तो हुन्छ ।

९. यसको उच्चारणले शरीर र मनलाई एकाग्र गर्नमा मद्दत गर्छ । दिलको धड्कन र रक्तसंचार व्यवस्थित हुन्छ । यसले मानसिक रोग ठिक हुन्छ । काम गर्ने शक्ति बढ्छ । सबै मन्त्रको उच्चारणमा जिब्रो, ओठ, तालु, छाति र गलाबाट निक्लने वायुले सबै अंगहरुलाई सक्रिय बनाउँछ । यो मन्त्र उच्चारण गर्ने व्यक्ति र सुन्ने व्यक्ति दुवैजना लाभान्वित हुन्छन् ।

१०. ॐ को उच्चारणको अभ्यास गर्दा यस्तो चरण पनि आउँछ, जहाँ आँखा र कान बन्द गर्दा पनि ध्वनि सुन्निन थाल्छ । धार्मिक ग्रन्थको आधारमा 



प्रतिक्रिया दिनुहोस्