Logo

कोरोनाबाट मुलुकभर हालसम्म २ लाख १२ हजार संक्रमण मुक्त



काठमाडौं, १४ मंसिर । नेपालमा हालसम्म २ लाख १२ हजार ५ सय ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । बितेको २४ घन्टामा देशभर १२ सय ५५ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १४ सय ४ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, १७ हजार ९ सय ९ जनाको उपचार भइरहेको छ भने हालसम्म कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । क्वारेन्टाइनमा बस्नेको सख्या ६ सय ३२ रहेको छ । हालसम्म १७ लाख २७ हजार ८ सय ३६ जनाको पिसीआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्