Logo

भवानी राणाको सफलताः कोरोना कहरबीच महासंघको महाधिवेशन गराउन सफल



काठमाडौं, १४ मंसिर । भवानी राणा, नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष । उनले महासंघको अध्यक्ष बनेर इतिहास रचिसकेकी थिइन् । यसपटक उनले फेरि अर्को इतिहास रचेकी छिन् । कोरोना कहरबीच पनि देशमा पहिलोपटक कुनै प्रतिष्ठित संस्थाको महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन सुनिश्चित गर्न सफल भइन् ।

ढकालले जित्दा को जिते को हारे

भवानीको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशन सफलताका साथ सम्पन्न भएको हो । देशमा यतिबेला कोरोना कहरले अधिकांश उद्योग व्यवसाय धराशायी भएका छन् । यस्तो चुनौतीका बीच उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेर हकहितको संरक्षणमा सक्रिय भइन् । चुनौतीका बीच सफल नेतृत्व गरेकी भवानीले आठ महिना थप समय महासंघको अध्यक्ष बन्न पाइन् । यसमा उनको रहर भन्दा कोरोनाको कहर कारण थियो । यसबीच पनि उनले चुनाव गराएर भावी नेतृत्वको टुंगो लगाउन सकिन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्