Logo

पूर्वश्रम स्वीकृति नलिई अन्तर्वार्ता लिने तीन वैदेशिक रोजगार कम्पनीको काम छ महिना रोक्का



काठमाडौं, मंसिर १५ । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नै नलिई कतारका प्रहरी र सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिएका तीन वैदेशिक रोजगार व्यवसायी कम्पनीको छ महिनासम्म सबै कामकारबाही रोक्का गरेको छ ।

विभागले पूर्वश्रम स्वीकृति नै नलिई कतार प्रहरीमा श्रमिक पठाउन भन्दै अन्तर्वार्ता लिइरहेका एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स सर्भिस, होप इन्टरनेसनल म्यानपावरको वैदेशिक सबै कारोबार रोक्का गरेको हो ।

विभागले वैदेशिक रोजगार ऐनको दफा ६१ अनुसार पूर्वश्रम स्वीकृति नलिई अन्तर्वार्ता गरेका ती कम्पनीको कामकारबाही छ महिनासम्म रोक्न पाइने व्यवस्थाबमोजिम रोकेको जनाएको छ । विभागका महानिर्देशक कुमार दाहालले तत्काललाई सोही ऐनअनुसार विभागबाट हुने सबै कामकारबाही छ महिनासम्म रोक्ने निर्णय गरेको जानकारी दिए ।

हाल अनुसन्धानकै क्रममा रहेकाले ऐनमा भएको व्यवस्था भएअनुसार कानुनी र आर्थिक जरिवाना थप गर्दै जान सकिने उनको भनाइ छ । दाहालले वैदेशिक रोजगारीमा श्रमिक पठाउने नाममा केही म्यानपावरले राज्यको नीति विपरीतका गतिविधि गरेर राज्यलाई नै चुनौती आएकाले यसको विरुद्धमा कडा कदम चल्नुपर्ने अवस्था आएको बताए।

विभागमा आएको सूचनाका आधारमा विभागको टोलीले गत सोमबार र मङ्गलबार ती कम्पनीको आकस्मिक अनुगमन गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot