Logo

चीन सरकारले गर्ने सहयोगमा अझै वृद्धि गर्ने वेईको प्रतिबद्धता



काठमाडौं, मंसिर १५ । एकदिने नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले विगतमा नेपाललाई दिने भनिएको सैनिक सहयोग यथाशीघ्र शुरु गर्ने घोषणा गर्दै नेपालबाट फिर्ता भएका छन् ।

नेपाल भ्रमणकाक्रममा वेईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गरी नेपाल र चीनबीच रहेको सम्बन्धलाई अझै मजबुत बनाउने र नेपाललाई चीनले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले बालुवारमा नै भेटवार्ता गरेका थिए । झन्डै ४५ मिनेट भएको भेटमा चीन नेपालको एक अभिन्न छिमेकी भएको र आगामी दिनमा चीन सरकारले गर्ने सहयोगमा अझै वृद्धि गर्ने आश्वासन दिएको जनाईएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको र नेपाली भूमिलाई प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने आश्वासन रक्षामन्त्री वेईलाई दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot