Logo

इरानका वैज्ञानिक फख्ररीजादेहको हत्या रिमोर्ट कन्ट्रोल मेसिन गनद्वारा भएको खुलासा



एजेन्सी, १५ मंङसिर । गत शुक्रबार इरानका आणवीक वैज्ञानिक मोहसेन फख्ररीजादेहको हत्या रिमोर्ट कन्ट्रोल मेसिन गनद्वारा भएको खुलेको छ । फार्स न्युज एजेन्सीले यसको खुलासा गरेको हो ।

इरानका उच्च पदाधीकारीहरुले हत्यामा इजराइलको मूख्य भुमिका रहेको आरोप लगाउँदै आएको छ । उक्त घटनाको बदला इरानले तुरुन्तै लिने समेत बताएको छ । गत शुक्रबार आणवीक वैज्ञानिक फख्ररीजादेह आफ्नो परिवारसंग बुलेट प्रुफमा तीनवटा सुरक्षाकर्मीको गाडी सहित यात्रा गरिरहेको बेला आक्रमण भएको थियो । गाडी बुलेट प्रुफ भएको कारण गाडीलाई हल्का धक्का पुगेको थियो । धक्का लाग्नासाथ उनी आफ्नो गाडीबाट आर्लेर हेर्ने क्रममा रिमोर्ट कन्ट्रोल मेसिन गनले प्रहार गरी हत्या गरिएको जनाइएको छ । बडीगार्डले बचाउन खोजेपनि सफल भएनन् ।

फखरीजादेहलाई मेसिन गनले करिब १५० मिटर टाढाबाट प्रहार गरिएको थियो । उनलाई तीन पटकसम्म प्रहार गरिएको र साथै उनको सुरक्षाकर्मीलाई समेत प्रहार गरिएको थियो । फख्ररीजादेह इरान आणवीक प्रोग्रामका मूख्य व्यक्तिका रुपमा परिचित थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot