
काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफूले सबैलाई एकैसाथ लिएर जाने विश्वास दिलाएका छन् । उनले आफूले चुनावको अवधिमा वरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर प्रधानलाई सहयोग गर्नुको विशेष कारण रहेको पनि सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गोल्छाले सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर नै देशको समृद्धि हाँसिल हुने बताए ।