Logo

कोरोनाविरुद्धको मोर्डना भ्याक्सिन प्रमाणिकरणको प्रक्रियामा



एजेन्सी, १५ मंसिर । कोरोना भाइरसविरुद्धको मोर्डना कम्पनिले विकास गरेको भ्याक्सिन प्रमाणिकरणको प्रक्रियामा गएको छ । मोर्डनाले भ्याक्सिन प्रमाणिकरणका लागि अमेरिका र युरोपमा सोमबार प्रमाणिकरणको निवेदन दिन लागेको हो ।

क्लिनिकल अध्ययनले भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी देखाएको थियो । यो कोभिड-१९ विरुद्ध प्रभावकारी देखिएको हो ।

यसअघि फाइजर कम्पनिले अमेरिकामा भ्याक्सिनको प्रमाणिकरणको निवेदन दिइसकेको छ । भ्याक्सिन प्रभावकारी रहेको दाबीसँगै प्रमाणिकरण भएमा आकस्मिक प्रयोग शुरु गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्