Logo

काँग्रेस महाधिवेशनः चार जिल्ला क्रियाशील सदस्यताबाट वञ्चित



काठमाडौं, मंसिर १६। नेपाली काँग्रेसको क्रियाशील सदस्यताको सबै काम टुङ्गो लगाउन अब १५ दिन मात्रै बाँकीछँदा चार जिल्लामा भने क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु भएको छैन ।

आगामी फागुनमा हुने तय भएको १४औँ महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण सक्नुपर्ने समय अवधि मङ्सिर मसान्तसम्म तोकिएको छ । यो अवधिमा सबै जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरणको सबै प्रक्रिया पूरा गरी त्यसको अन्तिम विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विभिन्न कारणले अझै चार जिल्लामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणका लागि फाराम लैजान बाँकी रहेको जानकारी दिए । ती चार जिल्ला बारा, सप्तरी, सिन्धुपाल्चोक र सोलुखुम्बु छन् । तीन जिल्लाको समायोजन बाँकी छ भने सोलुखुम्बुको आन्तरिक विवादका कारण केन्द्रले नै क्रियाशील सदस्यताको फाराम लैजान रोकेको भनाइ जिल्लाका नेताको छ ।

अझै आठ जिल्लाले नयाँ क्रियाशील सदस्यता वितरणका लागि थप फाराम नै लान बाँकी रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot