Logo

ओली–प्रचण्ड आमने सामने



काठमाडौं, मंसिर १६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको फरक(फरक राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

दुवै प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको हो । सचिवालय बैठकमा अध्यक्षद्वयको फरक÷फरक राजनीतिक प्रतिवेदन पेस भएपछि विवाद र आरोप(प्रत्यारोप झन बढ्दै गएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहुमत सचिवालयको निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मान्नुपर्ने बताउँदै आएका छन् । तर अध्यक्ष ओली पक्षले भने पार्टीको अन्तरिक विधानअनुसार सहमति कायम गरेर अगाडि बढनुपर्ने अडान राख्दै आएका छन् ।

दुवै पक्षले आ–आफ्नो अडान कायमै राखेको अवस्थामा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल हुने भएको छ । बहुमतीय प्रक्रियाबाट निर्णय भएको अवस्थामा पार्टीको सचिवालय स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्ष ओली अल्पमतमा पर्ने दाबी गरिएको छ ।

प्रचण्डले पेस गरेको १९ पेजको राजनीतिक प्रतिवेदनका विरुद्ध अध्यक्ष ओलीले ३८ पेज लामो जवाफी राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । दुई अध्यक्षबीच देखिएको आरोप–प्रत्यारोपको कारण पार्टी एकता नै संकटमा पर्ने चिन्तासमेत पार्टीभित्र देखापरेको एक स्थायी समिति सदस्यले बताए ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले त्याग गरेर अहिलेको समस्या समाधान गर्नुपर्ने माग गरिएको छ भने ओलीको प्रतिवेदनमा गत भदौ २६ गते स्थायी कमिटी बैठकले गरेको निर्णयको आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot