मंसिर १६, काठमाण्डौ । आन्दोलनको ४४ औ दिन पुगिसक्दा पनि वीर अस्पतालका कर्मचारीहरुको माग पूरा हुन सकेको छैन । जोखिम भत्ता र नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा यही १४ गते पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
तालाबन्दी पश्चात अर्थात मसिंर १९ गते सम्म पनि आफ्नो माग सक्बोधन नभए करिब १५ सय को हाराहारीमा रहेका चिकित्सक स्वास्थ्य कर्मी तथा अन्य कर्मचारीले सामुहिक राजिनादिने चेतावनी आन्दोलनरत कर्मचारीहरुले दिएका छन् । अहिले उनीहरुले न्याम्सका पदाधिकारीहरुलाई अस्पताल प्रवेश गर्न समेत दिएका छैनन् । कोभिड–१९ का बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले तोकेका सेवा सुविधा समेत नपाएकाले आफुहरु आन्दोलन गर्न बाध्य भएको वीर अस्पताल कर्मचारी आन्दोलन संयुक्त संघर्ष समितिका प्रवक्ता खुबराज आचार्यले बताए ।
विभिन्न मागहरु राख्दै ४४ दिनअघि देखि आन्दोलन गरेको भएपनि आफुहरुको मागलार्इं न्याम्सका पदाधिकारीहरुले वेवास्ता गरेको कर्मचारीको गुनासो छ । यता वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी भने माग तत्काल पुरा गर्नको निमित ४ करोडको हाराहारीमा रकम जुटाउनु पर्ने अवस्था रहेकोले अहिलेको जटिल परिस्थितिमा सम्भव नहुने बताए ।
वीर अस्पतालको आवस्था झनझन जटिल बन्दै गएको छ । सोहि अन्दोलनका कारण सेवाहरु प्रभावित हुने अवस्थामा पुगिसकेको छ । अस्पताल प्रसासन भने अझै सम्म पनि सो विषयमा गम्भिर भएको छैन् । अस्पताल प्रसाशनको अडान एकतिर छ त अर्काे तीर आन्दोतिल कर्मचारीले आफुहरुले खाइपाइ आएको सेवासुविधा प्राप्त नभए सम्म आन्दोनलाई अझै सशतm पर्ने बताएका छन् । कर्मचारी र अस्पतालको वीचको यो लडाइ आखिर कहिले सम्म । सम्बन्धित निकाय वीच आवश्यक छलफल र सहमतिमा यस्ता आन्दोलनहरु तत्कालै रोक्न जरुरी छ ।