Logo

उपत्यकामा साइकल लेनको योजना



काठमाडौं,मंसिर १७। काठमाडौं उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौं र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् ।

सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् । दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण भइरहेका सडकमा साइकल लेन निर्माण गर्न समेत उपत्यकाका अन्य नगरपालिकालाई आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने तयारी गरेको छ ।

हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागिएको हो । विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध सिर्जना भएको छ ।

साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot