Logo

गाँजा खेती नष्ट



बारा, १७ मंसिर । अवैध रुपमा लगाइएको गाँजा खेती मंगलबार विहान प्रहरीले नष्ट गरेको छ । निजगढ नगरपालिका–१२ लालटोलस्थित करिब ३ बिगहा जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरेको हो ।

उक्त वडाको विभिन्न स्थानमा मकै खेतीभित्र अवैध गाँजा खेती गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सो अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको जनाएको छ । साथै बाँकी रहेको गाँजा खेती नष्ट गरिने अभियान समेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot