Logo

बहुविवाह गरी फरार भएका धोबी पक्राउ



वीरगंज, १७ मंसिर । बहुविवाह गरी फरार भएका एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा, कलैया उपमहानगरपालिका वडा नं.२५ बस्ने ३६ वर्षीय रसुल महमद धोबीलाई अस्थायी प्रहरी चौकी गंगापुर बाराले मंगलवार पक्राउ गरेको हो ।

बहुविवाह गर्ने धोबीमाथि बारा जिल्ला अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेपछि धोबी फरार भएका थिए । उनलाई पक्राउ गरी मंगलवार नैं बारा जिल्ला अदालतमा पेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot