एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले इच्छाएको व्यक्ति संग विवाह गर्न खोजीरहेकी थिइन् । तर, उनको इच्छालाई उनको पिताले तत्कालका लागी रद्द गरेका थिए ।
राजकुमारी माकोले सामान्य मानिस केई कोमूरोसंग सन् २०१८ मा आफ्नो विवाहको घोषणा गरेकी थिइन् । उक्त घोषणालाई महलले अस्वीकार गरेको थियो । राजाका अनुसार त्यसबेला उनीहरुको विवाहका लागी कोहीपनि मानेका थिएन् । राजकुमारले त्यस बेला आफ्नो आर्थिक स्रोत कम भएको कारण विवाहलाई स्थगीत गरेको बताएका थिए । राजकुमारीको विवाह हुने व्यक्तिले आफू र आफ्नो परिवारलाई कुनैपनि आर्थिक समस्या नरहेको स्पष्ट पारिसकेका छन् ।
राजा फूमीहितो र रानी किकोकी सन्तान राजकुमारी माकोले इच्छाएको व्यक्तिसंग विवाह गरेमा उनको राजकीय ओहदा खस्किने र सामान्य जीवन बाँच्नु पर्ने बुझिएको छ । उनी आफ्नो विवाहको सन्दर्भमा स्थानीय सञ्चारमाध्यम संग खुलेर बताइसकेकी छिन् । उनको विवाहको अडानमा यस पटक उनको बाबुले समेत सर्मथन गरेका छन् । केई कोमूरोको आर्थिक अवस्था सामान्य रहेतापनि उनी र उनको परिवार विवाहका लागी तयार रहेका छन् । आर्थिक अवस्थाका कारण कतिपय जाडीहरुले आफ्नो प्रेमलाई विवाहमा परिनत गर्न सक्दैनन् र गाह्रो समेत हुने गर्दछ ।-Photo: Agency