राँझा, १८ मङ्सिर: नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षिय वृद्धको उपचारकै क्रममा आज बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए ।
उन्क्स अनुसार यही मङ्सिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेका ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।-रासस/File Photo