Logo

खुल्ने भयो सवारी चालक लाइसेन्स प्रक्रिया



काठमाडौं, १८ मंसिर । सरकारले सवारी चालक अनुमतिपत्रको प्रक्रिया खुलाउने भएको छ । यातायात व्यवस्था विभागले कोरोना भाइरसको जोखिमका कारण रोकिएको लाइसेन्स प्रक्रिया खुलाउने सुचना जारी गरेको हो ।

लाइसेन्स प्रक्रिया अनलाइनमार्फत् खुलाइने जनाइएको छ । लिखित तथा ट्रायल दुवैको फाराम खुलाउने यातायात व्यवस्था कार्यालयको सुचनामा भनिएको छ । परीक्षा सञ्चालना भने प्रदेश सरकारको भौतिक पूर्वाधारसँग अधिकार हुनेछ । योसँगै प्रदेशहरुले लाइसेन्स प्रक्रिया खुलाउने तयारी थालेका छन् ।

स्वास्थ्य सुरक्षाको उपाय अबलम्बन गरी लाइसेन्सको परीक्षा र ट्रायल गर्न सकिने भनिएको छ । सबै प्रदेशहरुले अर्को हप्ताभित्र लाइसेन्सको प्रक्रिया खुलाउने बुझिएको छ ।

११ चैत्रमा लकडाउन शुरु भएयता देशमा लाइसेन्सको प्रक्रिया रोकिएको छ । यसबाट हजारौं लाइसेन्स लिन परीक्षा खोल्ने पर्खाइमा छन् ।



प्रतिक्रिया दिनुहोस्