एजेन्सी, १९ मङ्सिर। शुक्रबार भारतीय शेयर बजार नयाँ उचाईमा पुगेको छ । महंगीलाई ध्यानमा राख्दै आरबीआईले रेपो रेटमा कुनै परिवर्तन नगर्ने निर्णय गरेसँगै भारतीय शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो ।
आरबीआईले यसअघि कै रेपो रेट ४ प्रतिशत कायम राख्ने निर्णय गरेको छ ।
यसदिन बीएसई सेन्सेक्स ३१६.५६ अंकले बढेर ४४ हजार ९४९.२१ बिन्दुमा पुगेको छ भने निफ्टी ९२.१५ अंकले बढेर १३ हजार २२६.०५ बिन्दुमा पुगेर कारोबार गरिरहेको छ ।
यद्यपी कारोबारका क्रममा सेन्सेक्सले ४५ हजार ३३.१९ बिन्दुमा र निफ्टीले १३ हजार २५०.३० को बिन्दु छोएको थियो ।
बजार तीव्र रुपमा बढेसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण १७९.०४ लाख करोड भारतीय रुपैयाँ नाघेको छ ।-मेरोलगानी/Photo: Agency