Logo

खतरनाक गोलो जुका, बच्ने उपायसहित



इन्टेरोबियस भर्मिकुलारीस फाइलम नेमाथेल्मिन्थेसमा पर्ने एक परजीवी हो । यसलाई पिनवर्म पनि भनिन्छ । यो धागोजस्तो मसिनो, सानो र सेतो हुन्छ । यो द्धिलिङ्गी परजीवी हो । यो मानिसको भर्मिफर्म एपेन्डिक्समा मात्र पाइन्छ ।

भाले परजिवि घुम्रिएको र छोटो हुन्छ । यसको लम्बाई दुई देखी चार मिलिमिटर सम्मको हुन्छ भने मोटाइ ०.१ देखी ०.२ मिलिमिटरको हुन्छ । पोथीलाई गर्भाधारण गराएपश्चात यसको मृत्यु हुन्छ । यो सात हप्ता सम्म मात्र बाँच्छ ।

पोथी परजिवि भाले भन्दा सिधा र लामो हुन्छ । यसको लम्बाई आठ देखी बाह्र मिलिमिटर सम्मको हुन्छ भने मोटाइ ०.३ देखी ०.५ मिलिमिटरको हुन्छ । यसले अक्सिजन पाउने ठाउमा र रातीको समयमा मात्र अन्डा पार्ने हुनाले अक्जिउरीस भर्मिकुलारीस पनि भनिन्छ । यसले एकपटकमा कम्तिमा पन्ध्र हजार अन्डा पार्छ । यसको बाँच्ने अवधि ६ देखी १३ हप्ता सम्मको हुन्छ ।

असर

यो परजिविले गर्दा लाग्ने रोगलाई इन्टेरोबियसिस् भनिन्छ । यो रोग यस परजिविको अन्डा खाएमा लाग्छ । सङक्रमित व्यक्तिले राति निन्द्रामा मलद्धार कन्याउँदा इ.भर्मिकुलारीसले अक्सिजन पाउँछ र अन्डा पार्छ । यदि सङक्रमित व्यक्तिले हात सफा नगरी खानेकुरा खाादा त्यस परजीवीको अन्डा पनि सँगै खान्छ । जसकारण यसको संख्या सङक्रमित व्यक्तिको शरीरमा वृद्धि हुदै जान्छ । र व्यक्तिको शरीरको प्रतीरक्षा प्रणाली कमजोर भई निधन हुन्छ ।

सर्ने तरीका

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा कपडा साटासाट गरी लगाएमा, हात नधोई खाना खाएमा बजारमा पाइने अथवा बासी सडेगलेका खानेकुरा खाएमा र फोहोर पानि, खाना खाएमा सर्दछ । विशेष गरी यो रोग दुई देखी आठ वर्ष उमेर समुहका बालबालिकामा बढी सङ्क्रमित हुन्छ ।

लक्षण

यो रोग लागेमा मलद्धार चिलाउँछ र सुनिन्छ । रातीमा पटकपटक पिसाब लाग्छ । भर्मिफर्म एपेन्डिक्स सुनिन्छ । शरीरको तौल घट्दै जान्छ । अल्छिपना बढ्दै जान्छ ।

बच्ने उपाय

यो रोग लाग्नबाट बच्नको लागी सधै सफासुग्घर रहनुपर्छ । अरुले दिएको कपडा लगाउनुहुदैन । सफा पानि पिउनुपर्छ । हात धोएर मात्र खाना खानुपर्छ । अर्गानिक, स्वच्छ तथा ताजा खाना खानुपर्छ । समाजमा जनचेतना फैलाउनुपर्छ ।

उपचार:  यो रोगको उपचारका लागी मेबेन्डाजोेल, स्टिल्बेजीएम आयोडाइड औषधीको प्रयोग गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्