Logo

राप्रपाले समात्यो राजावादीको आन्दोलनको लगाम; कमल थापाले भनेः राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ



काठमाडौं, १९ मंसिर । केही हप्तायता विभिन्न ब्यानरमा राजावादीको मुख्य शहरमा प्रदर्शन हुँदै आएको थियो । सायदै नाम सुनिएका त्यस्ता संगठनहरुको ब्यानरमा हजारौंको संख्यामा मानिसहरु देखिदा विभिन्न अड्कलवाजीहरु भएको थियो । तर, कसैले पनि मुख खोलेका थिएनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले हिन्दुराष्ट्र र राजसंस्थाको मागसहित भइरहेको प्रदर्शनको लगाम समातेको छ । त्यो पनि राप्रपा अध्यक्ष कमल थापाले आज गृहजिल्ला मकवानपुरमा पार्टीको ब्यानरमा प्रदर्शन गर्न लगाएर ।

मकवानपुरमा आज प्रदर्शनको आव्हान गरेर थापाले मुख फोरेका छन् । उनले प्रदर्शनपछि सामाजिक सञ्जालमा भनेका छन्, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगार, धर्मपरिवर्तनको विरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ ।’ उनले स्पष्ट रुपमा अहिले जारी राजावादीको प्रदर्शनको लगाम समातेको सन्देश दिएका छन् ।

थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुने दाबी समेत गरेका छन् । उनले राप्रपा बलियो भयो भने उद्देश्य पूरा हुने समेत बताएका छन् ।

यसैगरी, प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङ्देनको गृहजिल्ला झापामा भोलि राजसंस्था र हिन्दुराष्ट्रको पुर्नस्थापनासहित जुलुसको तयारी भएको छ । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गृहजिल्ला हो । –फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot