Logo

आर्थिक पुनरुत्थानका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन



काठमाडौं, मंसिर २० । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आव २०७७र७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् उनले कोभिड–१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्यसम्पादन गरी क्षमता प्रदर्शन गर्न पनि निर्देशन दिए ।

उनले भने “आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा समयसीमा निर्धारणसहित गर्नुहोस् । ”मन्त्री पौडेलले अर्थ मन्त्रालयलगायत विभिन्न मन्त्रालयको पुँजीगत खर्च बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिए ।

उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनोट गर्ने प्रवृत्ति क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा नै सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिएको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot