Logo

कोषले ल्यायो सापटी सुविधा योजना



काठमाडौं, मंसिर २० । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि चार प्रकारका सापटी सुविधाको व्यवस्था गरेको छ ।

सरकारले सामाजिक सुरक्षा लगानी कार्यविधि २०७७ स्वीकृत गरेसँगै योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा सापटी लिनसक्ने भएका हुन् ।

कार्यविधिमा योगदानकर्ताले सापटी कुल लगानीको १५ प्रतिशतसम्म पाइने व्यवस्था गरेको छ भने योगदानकर्ताले विशेष सापटी योगदानकर्ताको योगदान रकमका आधारमा उपलब्ध गराइने उल्लेख छ ।

लगानी कार्यविधिमा गरिएको व्यवस्थाअनुसार घर सापटी सुविधाअन्तर्गत योगदानकर्तालाई ७५ लाख अथवा १५ वर्षको पारिश्रमिक बराबर सापटी दिने व्यवस्था रहेको आजको गोरखापत्र खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot