Logo

रअ प्रमुखसँगको भेटले नतिजा दिइसकेको छः परराष्ट्रमन्त्री



काठमाडौं, मंसिर २० । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विंग (रअ) का प्रमुख समान्तकुमार गोयलको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँगको भेटले नेपाल–भारत संवादहीनताको अवस्था तोडिएको बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले ‘रअ’का प्रमुख ‘गोयलको भ्रमणपछि धेरै विषय अगाडि बढिसकेको र त्यसले थुप्रै नतिजा देखाइसकेको बताएका हुन्।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले गोयलसँग गरेको भेट अपारदर्शी नभएको पनि दाबी गरे।’ गोयल भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल भ्रमणमा आएका र प्रधानमन्त्रीको प्रेस सल्लाहकारले प्रधानमन्त्रीसँग भेट भयो र यसयस विषयमा वार्ता भयो भनेको भन्दै उनले भने, ‘योभन्दा बढी पारदर्शीता हामीले कति खोज्छौं, सम्भव हुन्छ?’

उनले गोयलको भ्रमणलाई ठूलो विषय नबनाउन आग्रह पनि गरे। गोयलको भ्रमण पछि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमणले नेपालभारतबीच औपचारिक वार्ताको ढोका खोलेको उनले बताए। ‘हालै भएको भारतका विदेश सचिवको भ्रमणले नेपाल–भारतबीच औपचारिक वार्ताको ढोका खोलेको छ, व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएकोछ’ मन्त्री ज्ञवालीले बताए।

भारतीय विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेण्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तिीमा समेत उल्लेख गरिएको उनले बताए। नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको उनको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot