Logo

अर्थमन्त्रीले गरे पहिलो चौमासको बजेट समीक्षा



काठमाडौं, मंसिर २१ । अर्थमन्त्री विष्णु पौडेलले प्रभावकारी रूपमा चालू आर्थिक वर्ष (आव) २०७७र७८ को कार्यान्वयनमा लाग्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

पहिलो चौमासमा पूँजीगत खर्च, राजस्व संकलन र बजेटमा ल्याइएका कार्यक्रमहरूको कार्यान्वयन अझै पनि सरकारले अपेक्षा गरेअनुसार पूरा हुन नसकेको औंल्याउँदै प्रभावकारी रूपमा कार्यसम्पादन गर्द मन्त्री पौडेलले निर्देशन दिएका हुन् ।

चालू वर्षको पहिलो चौमासिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको हालैको बैठकमा उनले बजेट कार्यान्वयन गर्दा कुनै समस्या देखिए विभागीय अधिकारी स्तरबाट समाधान हुने समस्या यथाशक्य समाधान गरेर अघि बढ्नुपर्ने बताए ।

बजेट कार्यान्वयन गर्ने क्रममा अर्थ मन्त्रालयबाट हुनुपर्ने स्रोतदेखि समन्वयसम्मको काममा कुनै कमी हुन नदिने पनि उनले स्पष्ट पारेका छन् । ‘सरकारले ल्याएका कार्यक्रम, आयोजनाहरूको काम गर्दा समयसीमा निर्धारण गरेर समयमै सक्नेगरी काम अघि बढाउनुहोस्,’ मन्त्री पौडेल भने ।

समयमै बेरुजू फछ्र्योट गर्नेगरी काम गर्न समेत उनले विभागीय अधिकारीहरूलाई निर्देशन दिए । आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा कार्यान्वयनका लागि सरकारले कार्यविधिहरू ल्याइसकेकाले प्रभावकारी रूपमा लक्षितवर्गसम्म पुग्नेगरी कार्यान्वयन गर्नुपर्नेमा पनि उनको जोड थियो । अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेयता नै बजेट कार्यान्वयनमा चासो देखाउँदै आएका छन् ।

उनले हालैमात्र सबैजसो मन्त्रालयका उच्च अधिकारीहरूलाई डाकेर मन्त्रालयगत बजेट कार्यान्वयन र खर्चको अवस्थाबारे चासो राखेको खवर आजको आर्थिक अभियानले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot