Logo

बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने



काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरले नयाँ प्रस्ताव अगाडि बढाउने भएको छ । जस अनुसार पार्टी विवादको टुंगो लगाउन समिति बनाउने विषय छ । समितिमा उपाध्यक्ष बामदेव गौतमलाई अगाडि सार्ने तयारी छ ।

विश्वस्त स्रोतका अनुसार बामदेवको नेतृत्वमा समिति बन्ने र त्यसमा सबै पक्षलाई बस्न आग्रह गरिनेछ । समितिले केही दिन लगाएर प्रतिवेदन बनाएर पेश गरी टुंगो लगाइने बुझिएको छ ।

हिजो सचिवालयमा पनि गौतमलाई कार्यदलको संयोजक बन्न सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रस्ताव गरेका थिए । तर, उनले विगतको कार्यदलको प्रतिवेदन कार्यान्वयन नभएको र आफू त्यस्तो कार्यदलको संयोजक नबन्ने जवाफ दिएका थिए ।

प्रचण्डलगायत माधवकुमार नेपाल, झलनाथ खनालसहितको मोर्चाले यसपटक गौतमलाई अगाडि सारेर विवाद मिलाउने प्रस्ताव तयार गर्न आग्रह गरेको बुझिएको छ । यसको प्रस्ताव स्थायी कमिटी बैठक हुँदै अगाडि लाने तयारी भएको छ । यसबारे बामदेव पनि सकारात्मक भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्