Logo

बालिका बलात्कार गरेको आरोपमा पक्राउ



काठमाडौं, २१ मंसिर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमार्डौ बस्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौको दलाक्षी बस्ने ५० वर्षीय बद्री बहादुर धिताल शनिबार राति पक्राउ परेका हुन् ।

धितालले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

यसैगरी, ओखलढुङ्गा, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवीका अम्मर बहादुर नेपालीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अम्मरले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चप्लु घोराखोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot