Logo

नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो (तस्बिरसहित)



काठमाडौं, २१ मंसिर । सुरक्षा थ्रेट बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षाकर्मी तैनाथ भएका छन् । ठुलो संख्यामा सुरक्षाकर्मी पुगेर सर्च समेत गरेका छन् ।

हतियारसहित प्रहरीले कडा सुरक्षा दिएका छन् । नेपाली सेनाले तालिमप्राप्त कुकुरबाट सर्च गरेको छ । पछिल्लो समय नेकपाभित्र विवाद चुलिंदै जाँदा सुरक्षाकर्मी पार्टी कार्यालयमा बढाइएको छ ।

आज स्थायी कमिटी बैठक बस्नु अगावै नेकपा केन्द्रीय कार्यालय वरिपरि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि ठुलो संख्यामा खटिएका छन् ।

नेकपा पार्टी कार्यालय वरिपरि पछिल्लो समय सुरक्षा निगरानी समेत बढाइएको बुझिएको छ । यसलाई निकै गम्भीरताका साथ लिइएको छ ।

तस्विर : डेभिड पाण्डे (प्राइम टाइम्स टेलिभिजन)



प्रतिक्रिया दिनुहोस्