Logo

वेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद



बागलुङ, २१ मंसिर । वेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको छ । बरेङ जुरेढुङगा सामुदायिक वन र कान्ले जंगलबाट बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक शनिबार बेलुका प्रहरीले बरामद गरेको हो।

घरेलु हतियारहरू लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरेङडाडाबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot