Logo

हिन्दु मन्दिरमा बिहीबार र आइतबार जाँदा के हुन्छ



शिवको मन्दिरमा सोमबार, विष्णुको मन्दिरमा आइतबार ,हनुमानको मन्दिरमा मंगलबार, शनिको मन्दिरमा शनिबार र दुर्गाको मन्दिरमा बुधबार र काली वा लक्ष्मीको मन्दिरमा शुक्रबार दर्शनको लागि जाने प्रचलन छ । बिहीबार गुरुहरुका बार मानिएको छ । यस दिनमा सबै गुरुहरुको मन्दिरमा जानु महत्वपुर्ण हुन्छ । आउनुहोस् हिन्दु धर्ममा बिहीबार र आइतबार मन्दिर जान किन जरुरी हुन्छ त्यसको बारेमा चर्चा गरौ ।

बिहीबार र गुरुबार धर्मको दिनः विष्णु देवताहरु मध्ये सबैभन्दा माथिल्लो स्थानमा छन् र वेद अनुसार सुर्य यस जगतको आत्मा हुन् । शासत्र अनुसार आइतबारलाई सर्वश्रेष्ठ दिन मानिएको छ । आइतबार पछि देवताहरु खुशी हुने दिन बिहीबारलाई राम्रो मानिएको छ ।

बिहीबार किन सर्वश्रेष्ठ ? आइतबारको दिशा पूर्व हो तर बिहीबारको दिशा उत्तर पूर्वमा हो । उत्तर पूर्वलाई देवताहरुको स्थान मानिएको छ । यात्रामा वारको दिशा पश्चिम तथा उत्तर र उत्तर पूर्वलाई मानिएको छ। यसै दिन सबै प्रकारका धर्मशाला र मंगल कार्यमा लाभ पाइन्छ । अतः हिन्दु शास्त्र अनुसार यहि दिनलाई सर्वश्रेष्ठ मानिएको हो । त्यसकारण सबै प्रत्येक बिहीबार मन्दिरमा जानुपर्छ र पुजा, अर्चना वा ध्यान गर्नुपर्छ ।

मन्दिर समयः हिन्दु धर्ममा मन्दिर जानेको समय हुन्छ । सुर्य र तारारहित दिन रातको सन्धीको तत्वदर्शी मुनिहरुको सन्ध्इाकाल मानिन्छ । सन्धिकालमा सन्ध्याको आरती हुन्छ । सन्धी प्रमुख २ समयमा हुन्छ । सुर्य उदाउदा र अस्ताउदा । यस समयमा मन्दिर वा एकान्तमा शौच, आमचन, प्राणयाम आदी गरेर गायत्री मन्त्रले निराकार गरेर ईश्वरको प्राथना हुन्छ ।

बिहीबार के गर्ने

  • सेतो चन्दन, बेसारको तिलक लगाउने
  • हरेक नराम्रो आदतलाई छाड्ने शुभ दिन
  • बिहीबार पापको प्रायश्चित गर्नाले पाप नष्ट हुन्छ ।
  • उत्तर, पूर्व, ईशान दिशामा उात्रा गर्नु शुभ
  • धार्मिक, मांगलिक, प्रशासनिक, शिक्षण र पुत्रको रचनात्मक कार्यको लागि शुभदिन
  • सुनको खरिद बिक्रि
  • यदि गुरु अशुभ वा कमजोर भएमा पीपलमा पानी चढाउने
  • बिहीबार पहेलो वस्तुको सेवन गर्नु       (एजेन्सीको आधारमा)

 



प्रतिक्रिया दिनुहोस्

Screenshot