Logo

आज ४८४ जना संक्रमित उपत्यकामा थप



काठमाडौं, २१ मंसिर । काठमाडौं उपत्यकामा २४ घन्टामा ४८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ९६ जनामा संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ४८४ जना थपिएका हुन् । त्यस्तै संक्रमण मुक्त भई २४ घन्टामा १७५२ जना डिस्चार्ज भएका छन् ।

आज ६ हजार ५ सय ९५ जनाको पिसीआर परिक्षण भएको छ भने देशभर संक्रिय संक्रमितको सख्या १३ हजार ५ सय ८२ रहेको छ । मन्त्रालयको अनुसार ५ सय ३६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै आइसोलेशनमा १३ हजार ५ सय ८२ जनाको उपचार भैरहेकोे छ । आज थपिएका संक्रमित मध्ये काठमाडौंका ३५१ जना, भक्तपुरको ५९ जना र ललितपुको ७४ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्