Logo

नेकपा बैठकमा जाने आफू पक्षधरसँग ओली असन्तुष्ट



काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीका साथ पत्र पठाएर स्थायी कमिटी बैठकमा सहभागिता जनाएनन् । उनले बैठकको औचित्यमाथि प्रश्न गर्दै पार्टी कमिटीहरुलाई अन्तरिम भने । कुनैपनि कमिटिी सहमतिबाट चल्नुपर्ने विषय समेत उल्लेख गरे ।

पार्टी कमिटीलाई नै अन्तरिम भनेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले धुम्बाराही बैठकलाई भने नजिकबाट नियालेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार ओलीले बैठकमा के के भयो र को को पुग्यो भन्ने सम्मको जानकारी लिएका छन् । उनी आफू पक्षका केही स्थायी कमिटी सदस्यहरु बैठकमा पुगेकोमा असन्तुष्ट छन् ।

ओली पक्षका नेताहरु इश्वर पोखरेल, सुवास नेम्वाङलगायत बैठकमा सहभागी भएका थिए । महासचिव विष्णु पौडेललाई भने ओलीले पत्र लिएर पठाएका थिए । उनले ओलीको पत्र वाचन गरेका थिए ।

स्थायी कमिटी बैठकमा सहभागी नहुन मन्त्रीहरुलाई बहाना भयो । स्थायी कमिटी सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एउटै समय पारेर नेपालको विदेश नीति, २०७७ सार्वजनिक गर्न व्यस्त भए । ओलीनिकट अन्य मन्त्रीहरु पनि विभिन्न कार्यक्रममा सहभागी भए । यसलाई अर्थपूर्ण मानिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्