Logo

म्याराडोनाको छ महिलाबाट आठ सन्तान



एजेन्सी, २१ मंसिर । फुटबल स्टार म्याराडोनाले जत्तिको खेल क्षेत्रबाट नाम र दाम अरु कसैले कमाएका होलान् । उनले फुटबल खेल्न छाडेको दुई दशकपछिको पुस्ताले पनि क्रेजबारे जान्न र सुन्न पाइरह्यो । म्याराडोनाका कारण पनि फुटबल सँसारभर अझ लोकप्रीय बन्यो ।

म्याराडोना खेल क्षमताले सबैका प्रीय बने । उनलाई धेरै सुन्दर महिलाले मन पराए । उनको अहिलेसम्म जानकारीमा आए अनुसार छ जना महिलासँग सम्बन्ध बनेर आठजना सन्तानको जन्म भयो । अब ती सन्तानलाई उनको सम्पत्ति भाग लाग्ने बताइएको छ ।

म्याराडोनाको पूर्व पत्नी क्लाउडिया भिलाफेनबाट दुई छोरीको जन्म भएको थियो । उनको एकजना छोरीले ठट्टा गर्दै आफ्नो पिताको सन्तानले नै फुटबलको ११ जना आवश्यक टोली संख्या पुग्ने बताएकी थिइन् । तर, म्याराडोना स्वयंले भने भिलाफेनबाट जन्मिएका गियानिना र डाल्मामात्र सन्तान भएको दाबी गरेका थिए । पछि थप छ जना छोराछोरी भएको स्वीकार गरे ।

म्याराडोनाले पाँच वर्ष अघि डिएगो जुनियर र जानालाई स्वीकार गरे । उनीहरुले अदालतमा मुद्दा दायर गरेपछि म्याराडोनाले उनीहरुका आमाहरुसँग रोमान्समा हुँदा जन्म भएको स्वीकारेका थिए । पछिल्लोपटक म्यारोडानाको ५३ वर्षको उमेरमा डिएगो फर्नान्डोको जन्म भएको विषय पनि बाहिर आयो । अहिले डिएगो सात वर्षका भए ।

म्याराडोनाले क्युबामा तीन सन्तानलाई स्वीकार गरे । कोकिनको लगत छुटाउन उपचारका लागि क्युबामा रहँदा उनीहरुको जन्म भएको थियो । सन् २०१९ मा म्याराडोनाले तीन सन्तानलाई स्वीकारेका थिए । थप दुई जना १९ वर्षीय सानटिआगो लारा र २३ वर्षीया मागाली गिलले पनि आफूहरु म्याराडोनाको सन्तान भएको दाबी गर्दै आएका छन् ।

डिएगो जुनियर ३४ वर्षका भए । उनी म्याराडोनाको हालसम्म खुलेकामध्ये सबैभन्दा जेठा सन्तान हुन् । म्याराडोनाको भालेरिया सावालेनसँगको रोमान्सका क्रममा उनको जन्म भएको हो । २४ वर्षीया जाना भालारिया सवालेनका सन्तान हुन् भने ७ वर्षीय डिएगो फर्नान्डो भेरोनिका ओजेडाका सन्तान हुन् ।
जोआना, लु र जाभियलिटोका अलावा सान्टिओगो लारा र मागालि गिलका आमाहरु अज्ञात छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot