Logo

७३ तोला अवैध चाँदीसहित २ जना पक्राउ



कपिलवस्तु, २२ मंसिर । ७३ तोला अवैध चाँदी समेतका सामान सहित २ जना पक्राउ परेका छन् । वाणगंगा नगरपालिका–२ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर, १२ पिस कपासको पुडिया, ४८ पीस सेतो रातो पत्थर र नगर ९६ हजार रुपैयाँ सहित शनिबार २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेवीका उमेश सुनार र रुपन्देही सिद्धार्थनगरका सुगम पुन रहेका छन् । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु,५५ प ६१५९ नम्बरको स्कुटर जाँच गर्दा स्कुटीमा सवार सुनारले बोकेको झोलामा उक्त चाँदी समेतका सामान फेला पारी मोटरसाइकल चालक पुन समेत दुवै जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई राजश्व कार्यालय पठाइने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot