Logo

मोटरसाइकल चोरी गर्ने युवा पक्राउ



भक्तपुर, २२ मंसिर । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी  कौशलटारस्थित कमलधाराबाट प्रदेश ३–०२–०१७ प ७६७७ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना आइतबार बिहान पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक बस्ने दोलखा घर भएका संगित तामाङ र भक्तपुर गठ्ठाघर बस्ने दोलखा घर भएका सलिन तामाङ रहेका छन् ।

शनिबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले संगितलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा संगित र सलिनले उक्त मोटरसाइकल चोरी गरेको खुलेपश्चात उनीहरुलाई चोरी भएको उक्त मोटरसाइकल सहित पक्राउ गरेको बताएको छ । उनीहरु माथि चोरीको कसूर अनुसार थप अनुसन्धान तथा कारवाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot