काठमाडौं, २२ मंसिर । एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने सिन्धुपाल्चोक १९ वर्षीय अनिल तामाङ आइतबार राति पक्राउ परेका हुन् ।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।