Logo

तान्त्रिक शक्तिको झुठा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ



ललितपुर, २२ मंसिर । झुठा अफवाह फैलाई ठगी गर्न खोजेको अभियोगमा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरी सर्वसाधारण मानिसहरूमा भ्रम फैलाई लोभलालचमा पारी ठगी गर्न खोजेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं मिलनचोक बस्ने मकवानपुर मनहरी गाउँपालिका–७ ज्यामिरे घर भएका ४५ वर्षीय जिवन प्रजा र काठमाडौं धुमबाराही बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–१२ घर भएका ४३ वर्षीय जय गिरी रहेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिका–१० कुपण्डोलबाट पक्राउ गरेको जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको उक्त परिसरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्