Logo

गणतन्त्रमाथि प्रहार बढेपछि प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार विहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेतालाई ओलीले बोलाएका छन् ।

बालुवाटारमा बालाइएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना भाइरसको महामारीसँगको जुध्दाको परिस्थितिको समिक्षालगायतमा केन्द्रित हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । विशेषगरी गणतन्त्र, धर्मनीरपेक्षता र संघीयतामाथि प्रहार हुन थालेपछि ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । कतिपयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवादलाई अन्यत्र मोड्न ओलीले नयाँ अस्त्र फयाँकेको समेत भन्न थालेका छन् ।

तर, सडकमा राजावादीको प्रदर्शन बढ्दै गएको र त्यसप्रति आकर्षण पनि बढ्दै जान थालेपछि प्रधानमन्त्री ओली सतर्क भएको बुझिएको छ । यसबारे उनले सुरक्षा निकायका प्रमुखहरुसँग पनि जानकारी लिइसकेको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्