Logo

तनहुँबाट विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, २२ मंसिर । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । तनहुँ बन मुद्दामा फरार रहेका प्रतिवादी साबिक बरभन्ज्याङ–९ का अर्जुन गैरेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत तनहुँको २०७० चैत्र १२ गतेको फैसलाले बन मुद्दामा ३ महिना कैद र १९ हजार ७ सय ३२ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई व्यास देउरालीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।  गैरेलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

यसैगरी सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भानु नगरपालिका–१ का बिष्णु बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०७७ असोज २१ गतेको फैसलाले शाही उपर सवारी ज्यान मुद्दामा १८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्