Logo

एकैदिन काठमाडौंमा थपिए ४४२ संक्रमित



काठमाडौं, २२ मंसिर । आज एकैदिनमा काठमाडौं उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित मध्ये १८८ जना महिला र २५४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा देशभर १ हजार १४ जना थपिएकोमा काठमाडौमा मात्र ४ सय ४२ जना थपिएसँगै जोखिम बढेको छ । आज थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका रहेका छन् । हालसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमण मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्