Logo

‘प्रचण्ड ब्याक हुने’ दाबी गर्दै पृथ्वी सुब्बा गुरुङले भनेः अब प्रतिवेदनमाथि छलफल हुँदैन



काठमाडौं, २२ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ब्याक हुने दाबी गरेका छन् । उनले पार्टीको सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदनबाट प्रचण्ड ब्याक हुने र सहमतिको नयाँ ढोका खुल्ने बताएका हुन् ।

‘प्रचण्ड अब ब्याक हुनुहुनेछ,’ ओलीनिकट स्थायी कमिटी सदस्य गुरुङले प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँगको अन्तवार्तामा भने, ‘अब दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदैन ।’ उनले अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति बन्न लागेको समेत खुलासा गरे । पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रतिवेदनहरु थाती राखेर भदौ २६ को सहमति अनुसार अगाडि बढिने बताए ।

पार्टीको स्थायी कमिटी बैठक २८ मंसिरमा बस्ने र त्यसबाट सहमति बन्ने उनको भनाई थियो । दुवै अध्यक्ष सहमतिमा पुग्ने बिन्दु तयार भएको बताए ।

नेकपाभित्र आन्तरिक द्वन्द्व चर्किएर विभाजनको खतरा समेत बढिरहँदा स्थायी कमिटी सदस्य गुरुङको पछिल्लो भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्