Logo

सुनको मुल्य १५ सयले बढ्यो



काठमाडौं, २३ मंसिर । केही दिनयता घटेको सुनको मुल्य आज बृद्धि भएको छ । मंगलबार सुन तोलामा १५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । २ दिन यता सुनको मुल्यमा ३ सय रुपैयाँले गिरावट आएको थियो ।

यसैगरी, चाँदीको भाउ पनि आज बृद्धि भएको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बृद्धि भई १२ सय ३५ रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्