Logo

सिंगापुर पठाइदिन्छु भन्दै महिलालाई ठगी गर्ने युवा पक्राउ



काठमाडौं, २३ मंसिर । सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा धरानका युवा पक्राउ परेका छन् । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बस्ने सुनसरी बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने विशाल दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको उक्त महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot