Logo

सिटी हलमा बालिका बलात्कार गर्ने ६३ वर्षीय बृद्ध पक्राउ



उदयपुर, २३ मंसिर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षका बृद्ध सोमबार पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने सूर्य पोखरेललाई  प्रहरीले पक्राउ गरेको हो ।

सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot