Logo

कोरोनाविरुद्धको भारतले विकास गरेको कोभ्याक्सिन आकस्मिक प्रयोगमा ल्याउँदै



एजेन्सी, २३ मंसिर । भारतले कोरोना भाइरसविरुद्धको खोप आफै विकास गरिरहेको छ । कोभ्याक्सिन नामको उक्त भ्याक्सिन आकस्मिक प्रयोगमा ल्याइने भएको छ ।

हैदरावादमा रहेको भारत वायोटेकले कोभ्याक्सिन आकस्मिक प्रयोग अनुमतिका लागि निवेदन दिएको छ । सोमबार कोभ्याक्सिनले उक्त निवेदन दिएको टाइम्स अफ इन्डियाले जनाएको छ । फाइजर र सेरम इन्स्टिच्युट अफ इन्डियाले यसअघि कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउन निवेदन दिइसकेका छन् ।

कोभ्याक्सिन हाल तेस्रो चरणको परीक्षणका क्रममा छ । २६ हजार मानिसमा यो भ्याक्सिन परीक्षण भइरहेको छ । १४ दिनको अन्तरालमा दुई डोज दिइने भ्याक्सिन भारतको आफ्नै स्थानीय उत्पादन हो । यसको परीक्षणमा भारतका उच्च अधिकारीहरु पनि धमाधम सहभागी भइरहेका छन् ।

भारत विश्वमै डोजका हिसाबले ठुलो भ्याक्सिन उत्पादक देश हो । भ्याक्सिन विकासका क्षेत्रमा उसले ठुलो फड्को मारिसकेको छ । कोरोना भाइरसको भ्याक्सिन विकास र उत्पादनमा भारत निकै अगाडि बढेको छ । उसले भ्याक्सिन विकास भएपछि छिमेकलाई प्राथमिकतामा राख्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्