Logo

काठमाडौंमा आज ५९४ जनामा संक्रमण पुष्टि



काठमाडौं, २३ मंसिर । काठमाडौमा आज ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । देशभर १३ सय ८२ जना संक्रमित थपिएकोमा काठमाडौंमा मात्र ५९४ जना थपिएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमित मध्ये २६३ महिला र ३३१ जना पुरुष रहेका छन् ।

आज १६ सय २१ जना संक्रमण मुक्त भएका छन् । आजसम्म २ लाख २९ हजार ५४ सय  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा आजसम्म १९ लाख ९९ हजार ६ सय ८६ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६३७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्