Logo

नेपालमा श्रीमानको दुर्घटनामा मृत्यु, श्रीमतीले गरिन् साइप्रसमा आत्महत्या



काठमाडौं, २३ मंसिर । एक महिना अगाडि सुबिन तामाङको दुर्घटनामा परेर मृत्यु भएको थियो । देशभित्रै रहेका सुबिनको दुर्घटनामा मृत्यु भएपछि विदेश रहेकी उनकी पत्नी विक्षिप्त बनिन् । सुबिनकी पत्नी साइप्रसमा थिइन् ।

श्रीमान्को मृत्युपछि पीडामा रहेकी श्रीमतीले विदेशमै आत्महत्या गरेकी छिन् । युवतीले आफू श्रीमानसँगै जान लागेको टिकटक भिडियो बनाई घर र माइती दुबै परिवारलाई सम्बोधन गरी आत्महत्या गरेकी हुन् ।

दोलखाको गौरीशंकर खहरेमा घर भएकी २२ वर्षीया ती युवतीले आत्महत्या गरेको पुष्टि भएकोले शवलाई पोस्टमाटृमको लागि पठाएको जनाइएको छ । ती युवती विवाह बन्धनमा बाधिएको २ दिनमा नै साइप्रस गएकी थिइन् । उनका श्रीमान पेशाले सवारी चालक थिए । युवतीलाई पतिको मृत्यु भएको जानकारी दिइएको थिएन । ढिलो गरी जानकारी दिएपछि उनले खबर पाएको राती आत्महत्या गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot