Logo

८० प्रतिशत महिलासँग आफ्नै मोबाइल



काठमाडौं, मंसिर २४। नेपालका प्रत्येक दुई घरपरिवारमध्ये एक इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ प्रतिवेदनले प्रत्येक दुईमध्ये एक जना घरपरिवारसँग अर्थात् कुल घरपरिवारमध्ये ५१.१ प्रतिशतले कुनै उपकरणबाट इन्टरनेट प्रयोग गरेको पाइएको उल्लेख गरेको छ ।

इन्टरनेट प्रयोगकर्तामध्ये १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको तथ्य पनि सर्वेक्षणले पत्ता लगाएको छ । त्यस्तै ९२.४ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसमध्ये पनि सहरी क्षेत्रका महिलामध्ये ८१.८ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने ग्रामीण क्षेत्रका ७३.६ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्य प्रतिवेदनमा उल्लेख छ । सहरी क्षेत्रका महिलामध्ये ९३.५ प्रतिशत र ग्रामीण क्षेत्रका ८९.९ प्रतिशतले विगत तीन महिनामा मोबाइल प्रयोग गरेको पाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्