Logo

प्रधानमन्त्रीलाई सुरक्षा बढाइयो



काठमाडौं, मंसिर २४ । सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन्।

नेकपा अध्यक्षसमेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराहीमा जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रममका लागि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

ज्येष्ठ नागरिक आवास गृह शिलान्यासका लागि मंगलबार अपराह्न प्रधानमन्त्री ओली कीर्तिपुर जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गरेर ‘सवारी’ चलाएका थिए। विगतमा यस्तो अभ्यास नभएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्