Logo

सुनको मुल्य ७ सयले घट्यो



काठमाडौं, २४ मंसिर । आज नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । बुधबार सुन तोलामा ७ सय रुपैयाँले गिरावट आएको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन तोलामा १५ सयले बढेर ९४ हजार १ सय रुपैयाँले खरिद त्रिक्रि भएको थियो ।

यस्तै, चाँदीको मुल्य आज तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्