Logo

किशोरीलाई आत्मरक्षा तालीम दिन सुरु



डोटी, २४ मंसिर । समाजमा महिलामाथि घट्ने विभिन्न खाले हिंसाबाट जोगिन दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालीम दिन शुरु गरेको छ । नगरपालिकाका छ सामुदायिक माध्यमिक विद्यालयका २४० किशोरीलाई उक्त तालीम दिन थालिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । उनले भने, “ बलात्कारलागयतका घटनाबाट जोगिन विभिन्न संस्थाको सहयोगमा तालीम शुरु गरेका छौँ ।”

तालीममा तेक्वान्दो सम्बन्धी आधारभूत प्राविधिक सीप र सैद्धान्तिक ज्ञान दिन शुरु गरिएको जिल्ला खेलकूद विकास समिति डोटीका प्रमुख तथा तेक्वाण्दो प्रशिक्षक हर्कबहादुर बोगटीले बताए । उनले भने, “हामीले किशोरीलाई सुरक्षित रहनका लागि तेक्वाण्डोसहितका मासैलआर्टबारे तालीम दिन थालेका छौँ, उक्त सीपले उनीहरुलाई आत्मरक्षा गर्न सहयोग मिल्ने छ ।” कक्षा १० तथा ९ का प्रत्येक विद्यालयबाट ४० लाई उक्त तालीम दिइने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले जानकारी दिए। रासस



प्रतिक्रिया दिनुहोस्